News Summary
Generated by OK AI. Editorially reviewed.- द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारले सम्झौता भएपनि प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गर्नुभएको छ।
- गुरुङले भदौ २३ र २४ को आन्दोलनमा पक्राउ परेका परिवारले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीलाई सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गर्नुभएको छ।
- सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको र सम्झौतामा प्रदर्शनमा सहभागीलाई फौजदारी मुद्दा नचलाउने उल्लेख भएपनि आन्दोलनकारीलाई झुटा मुद्दा लगाइएको गुरुङले आरोप लगाउनुभएको छ।
६ पुस, काठमाडौं । द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारसँग सम्झौता भएपनि प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरिदिएका छन् ।
उनले भदौ २३ र २४ को आन्दोलनको आधारमा पक्राउ परेर रिहा हुन नसकेकाको परिवारले सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीलाई सम्पर्क गर्नू भन्दै मोबाइल नम्बर सार्वजनिक गरिदिएका हुन् ।
सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको छ ।
राजपत्रमा समेत प्रकाशित भइसकेको जेनजी आन्दोलनको सम्झौता अनुसार प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने उल्लेख छ ।
तर, भ्रष्टाचारीलाई समेत कारबाही गर्ने भनेर जेनजी अभियन्ताहरूसँग सम्झौता गरेको सरकारले उल्टै जेनजी आन्दोलनमा सहभागीलाई झुटा मुद्दा चलाएर फसाएको आरोप गुरुङले लगाएका छन् ।
प्रतिक्रिया 4