News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारदेखि होटल तथा रेस्टुरेन्टमा अनुगमन तीव्रता दिएको छ।
- शुक्रबार र आइतबार विभागले ३२ वटा होटल तथा रेस्टुरेन्ट अनुगमन गरी ४ वटा कारबाही गरेको छ।
- अनुगमनमा फ्रेस टप क्वालिटी मःम एन्ड फास्ट फुड सेन्टरलाई ५ हजार र प्रिया स्विट एन्ड चाट हाउसलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ।
६ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारदेखि होटल तथा रेस्टुरेन्ट लक्षित अनुगमनलाई तीव्रता दिएको छ । विभागले शुक्रबारदेखि होटल तथा रेस्टुरेन्टमा अनुगमन सुरु गरेको हो ।
शुक्रबार र आइतबार गरी विभागले ३२ वटा होटल तथा रेस्टुरेन्ट अनुगमन गरेको छ । अनुगमनका क्रममा ४ वटा होटल तथा रेस्टुरेन्टलाई कारबाही गरिएको छ । विभागको अनुगमन टोलीले शुक्रबार १६ वटा होटल तथा रेस्टुरेन्टमा अनुगमन गरेकामा २ वटालाई १५ हजार रुपैयाँ जरिबाना तिराएको थियो ।
शुक्रबार अनुगमनका क्रममा अनुगमन टोलीले टोखा नगरपालिका–९ गोंगबुको फ्रेस टप क्वालिटी मःम एन्ड फास्ट फुड सेन्टरलाई ५ हजार र मड्का बिर्यानी प्रालिलाई १० हजार रुपैयाँ जरिबाना तिराएको थियो ।
यस्तै आइतबार पनि १६ वटामै गरिएको अनुगमनमा २ वटालाई ५५ हजार रुपैयाँ जरिबाना तिराएको छ । अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३ महाराजगञ्जको प्रिया स्विट एन्ड चाट हाउसलाई ५० हजार रुपैयाँ र टोखा–११ को आई क्याफे रेस्टुरेन्ट एन्ड बारलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।
अनुगमन गरिएका अन्य २८ वटा होटल तथा रेस्टुरेन्टलाई सामान्य निर्देशन दिइएको छ । विभागले उपभोक्ताको हकहित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
पछिल्लो समय विभागले उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको, एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराउँदै आएको छ ।
प्रतिक्रिया 4