+
+
Shares

कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते ‘लक’ गरिने

नेपाली कांग्रेस क्रियाशील सदस्यताको आवेदन फारम पुस ९ गते मध्याह्न १२ बजेसम्म मात्रै भर्न पाइने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १९:३६

६ पुस, काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील सदस्यताको आवेदन फारम पुस ९ गते मध्याह्न १२ बजेसम्म मात्रै भर्न पाइने भएको छ ।

आज बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यताको फारम पुस १० गते मध्याह्न १२ बजेसम्म भर्न पाइने र त्यसपछि पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले अनलाइनखबरलाई जानकारी दिए ।

‘क्रियाशील सदस्यता फारम भर्ने समय नवीकरणको पुस ९ गते दिउँसाे १२ बजेसम्म लक गरेर त्यही दिन साँझ प्रमाणीकरण गरेर सार्वजनिक गर्छौँ,’ उनले भने, ‘नयाँ सदस्यताको फारम भने पुस १० गते राति लक गरेर ११ गते प्रमाणीकरण सकेर पार्टीलाई बुझाउँछौँ ।’

उनले जनसम्पर्कको समितिको नयाँ सदस्यता नपाएको हकमा आवेदन दिन र क्रियाशील सदस्यताको आवेदन दिन केन्द्रबाटै मिल्ने गरी आजबाट फारम खुला भएको रसाइलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?