News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले ९ पुसमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
- बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने र १५ औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने छ।
- पूर्वनिर्धारित समयावधिभित्र सदस्यता नवीकरण नहुँदा महाधिवेशन कार्यतालिका फेरबदलको तयारी भइरहेको छ।
८ पुस, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बुधबार (भोलि) का लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ ।
१५ औं महाधिवेशनका लागि पूर्वनिधांरित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तायरी गरेको छ ।
संस्थापन पक्ष आगामी २ माघमा वडा अधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ । तर, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा २६ पुसमा वडा अधिवेशन गर्नुपर्ने बताइरहेका स्रोतको भनाइ छ ।
१५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4