+
+
Shares

च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ

‘सरकारको तर्फबाट स्वतन्त्र, धाँधलीरहित ढंगबाट चुनाव गराउन सरकारले वातावरण बनाउँछ । अब मुलुक चुनावमा होमियो, चुनावमा अघि बढ्यो,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १४:२९
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

८ पुस, काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार बनाउन सरकारलाई आग्रह गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको सरकारी टोलीलाई महासचिव शंकर पोखरेलले वातावरण तयार पारे एमाले चुनावमा जान तयार रहेको बताएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, एमालेले स्पष्ट रुपमा वातावरण तयार पारेको खण्डमा आफूहरू चुनावमा जान तयार रहेको बताएको जानकारी गराए ।

‘सरकारको तर्फबाट सम्पूर्ण तयारी अघि बढाएको, निर्वाचनको वातावरण बनिरहेको परिप्रेक्ष्यमा नेकपा एमालेको तर्फबाट उहाँहरूले स्पष्ट भन्नुभएको छ– वातावरण बनाउनुस् हामी निर्वाचनमा भाग लिन्छौं भन्ने कुरा नेकपा एमालेको महासचिवको तर्फबाट स्पष्ट आएको छ,’ भेटपछि सञ्चारमन्त्री खरेलले भने ।

सरकारी पक्षबाट स्वतन्त्र तरिकाबाट चुनाव गराउने वातावरण सरकारले बनाउने जानकारी आफूहरूले गराएको उनले बताए । साथै, अब मुलुक चुनावमा होमिएको पनि उनले बताए ।

‘सरकारको तर्फबाट स्वतन्त्र, धाँधलीरहित ढंगबाट चुनाव गराउन सरकारले वातावरण बनाउँछ । अब मुलुक चुनावमा होमियो, चुनावमा अघि बढ्यो,’ उनले भने ।

उनले चुनावमा भाग लिनेबारे एमालेले आज स्पष्ट रुपमा आफूहरूलाई जानकारी गराएको पनि बताए ।

‘तर सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट रुपमा खासगरी नेकपा एमालेबाट आएको छ । त्यसलाई सरकारले सकारात्मक रुपमा लिएको छ,’ खरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?