+
+
Shares

सुनका गरगहना चोरी आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १७:२६

८ पुस, काठमाडौं । सुनका गरगहना चोरी आरोपमा एक ज्वेलर्सका सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डल्लुमा सीता ज्वेलर्सका सञ्चालक ५४ वर्षीय विकाश लकाई छन् । उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

२ मंसिरमा बालाजु बाइपासस्थित एक घरबाट गरगहना चोरी भएको भन्दै प्रहरीमा उजुरी भएको थियो । सोही घटनाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

उनीबाट प्रहरीले सुनको नेक्लेस १४ थान, लकेट ९ थान, मंगलसुत्र ८ थान, नौगेडी ५ थान र पिस लकेट ३ थान बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?