News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले ८ पुसमा बसेको बैठकमा ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ।
- आयोगले आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल लगायतका दलको दर्ता खारेज गरेको हो।
- यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको र स्पष्टीकरण नदिएको कारण खारेज गरिएको आयोगले बताएको छ।
८ पुस, काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोले जनाएको छ ।
आयोगले आम आदमी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली), नेपाल समाजवादी पार्टीको दर्ता खारेजी गर्ने निर्णय गरेको हो ।
यसअघि आयोगले यी ६ दलसँगै शिव सेना नेपाललाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो । शिव सेनाले आयोगले मागे बमोजिमको विवरण बुझाए पनि अन्य ६ दलले बुझाएनन् ।
आजको बैठकले टुंग्याइसकेको भए पनि प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने भोलि यसबारे जानकारी गराइने बताए ।
उनले अनलाइनखबरसँग भने, ‘आज यसबारे छलफल भयो । निर्णय भोलि सुनाइन्छ ।’
यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको, स्पष्टीकरण सोध्दा जवाफ नदिएकोले खारेज गर्ने निर्णय भएको हो ।
प्रतिक्रिया 4