९ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल उज्यालो नेपालले भोलि (बिहीबार)देखि केन्द्रीय कार्यालयको उद्घाटन गर्ने भएको छ ।
उज्यालोले मन्त्री घिसिङको प्रमुख आतिथ्यतामा त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको हो ।
पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ । उज्यालो पार्टीले ‘उज्यालो घर’को औपचार उद्घाटन समारोह बिहीबार दिउँसो २ बजे सुरू हुने जनाएको छ ।
यो दलले आज (बुधबार) जनमत पार्टीले उपाध्यक्ष पदबाट कारबाही गरेपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग चुनावी एकता गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4