९ पुस, काठमाडौं । समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको हुलाक टिकट सार्वजनिक गरिएको छ ।
हुलाक सेवा विभागद्वारा आयोजित एक कार्यक्रमबीच गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेर सरकारले गोयलको नाममा हुलाक टिकट सार्वजनिक गरेको हो ।
टाँचा प्रदान कार्यक्रममा उपसभामुख इन्दिरा राना र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्व. गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खरेलले गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नु ऐतिहासिक भएको बताए ।
‘अध्यात्मले भौतिक शरीर रहँदैन आत्मा सधैं रहन्छ भन्छ,’ उनले भने, ‘म एउटा कुरा थप्छु- मान्छे कर्मले सधैं अमर रहन्छ ।’
मन्त्री खरेलले थपे, ‘मान्छे कर्मले सधैँ अमर रहन्छ । आज ओमप्रकाश गोयल अमर हुनुभयो । हाम्रो यो हुलाक टिकट मार्फत । हुलाक टिकट ऐतिहासिक छ । यसले नेपाल र नेपालीमाझ यसले सधैँ अमर बनाइरहने नै छ ।’
ओमप्रकाश गोयलको सम्मानले देशले नै गर्नुपर्ने मन्त्री खरेलको भनाइ थियो ।
प्रतिक्रिया 4