+
+
Shares

भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १२:५१

९ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ पुस २५ गतेदेखि चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।

चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले चितवनमा पत्रकार सम्मेलन गर्दै डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ पुस २५ देखि २९ गते सम्म अन्तर्राष्ट्रिय डेरी एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो ।

दुग्ध उत्पादन सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालले दुग्धजन्य उत्पादनको व्यवसायीकतामा लागेका किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना गरिएको बताए ।

उत्पादनको हिसाबले आत्मनिर्भर हुँदै गरेको दूधवाट विभिन्न औधोगिक उत्पादन गर्ने प्रयोजनका लागि किसानहरुलाई मेशिन उपकरणको अवलोकनको अवसर प्रदान गर्न पनि एक्स्पो उपयोगि हुने उहाले बताए ।

त्यस्तै चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले अन्तर्राष्ट्रिय डेरी एक्स्पोले दुग्ध किसानहरूलाई नयाँ प्रविधि र व्यवसायीक दुग्ध किसान बन्नका लागि सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?