+
+
Shares

राजनीतिक दलहरूसँगको छलफल सकारात्मक : मन्त्री सिन्हा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १५:०९

९ पुस, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसँगको भेटका क्रममा राप्रपा कार्यालय पुगेका मन्त्री सिन्हाले यस्तो बताएका हुन् ।

उनले आउने प्रतिनिधिसभा निर्वाचनलाई कसरी प्रभावकारी, धाँदलीरहित र स्वतन्त्र एवं सहज बनाउने भन्नेबारे छलफल भएको बताए ।

छलफलका क्रममा राप्रपाले निर्वाचन गराउनै पर्ने सुझाव दिएको उनले सुनाए । आगामी दिनमा आवश्यक सुझाव दिँदै जानेबारे पनि छलफल भएको उनको भनाइ छ ।

‘आउने निर्वाचनलाई कसरी प्रभावकारी बनाउने, धाँदलीरहित, स्वतन्त्र र सहज रूपमा कसरी गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको छ । चुनावी तयारी, समयबारे कुराकानी भएको छ,’ उनले भने ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलका कार्यालय पुगेर भेटघाटलाई तीव्र पारिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?