News Summary
Generated by OK AI. Editorially reviewed.- एसपीजी अटोमोबाइल्सले नेपालमा बहुप्रतिक्षित भी २३ लाइफस्टाइल इलेक्ट्रिक एसयूभी भित्र्याएको छ।
- भी २३ मा १०० किलोवाट रियर ह्विल ड्राइभ मोटर र ५९.९३ किलोवाट एलएफपी ब्याट्री छ, जसले ४०१ किलोमिटरको रेन्ज प्रदान गर्छ।
- एसपीजी अटोमोबाइल्सले देशव्यापी डेलिभरीका लागि तयार रहेको र प्रतिस्पर्धात्मक मूल्यमा गाडी उपलब्ध गराउने जनाएको छ।
९ पुस, काठमाडौं । नेपालका लागि ईकर गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित भी २३ लाइफस्टाइल इलेक्ट्रिक एसयूभी भित्र्याएको छ ।
आधिकारिक रूपमा भन्सार प्रक्रिया पूरा गरी गाडी भित्र्याएसँगै देशव्यापी डेलिभरीका लागि तयार रहेको कम्पनीले जनाएको छ ।
आकर्षक रेट्रो लुक्स र अत्याधुनिक साइबर टेक इन्जिनियरिङको समिश्रण रहेको यो भी २३ ले नेपाली बजारमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभीलाई नयाँ परिभाषा दिने कम्पनीको भनाइ छ ।
यस गाडीमा १०० किलोवाट (१३४ एचपी) को रियर ह्विल ड्राइभ मोटर छ, जसले १८० एनएम टर्क उत्पादन गर्छ । यसमा सीएटीएलको ५९.९३ किलोवाट एलएफपी ब्याट्री जडान गरिएको छ, जसले ४०१ किलोमिटरको प्रमाणित रेन्ज प्रदान गर्छ ।
यो सहरी र लामो दूरी दुवै यात्राका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । ‘२१० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, १५.४ इन्चको विशाल २.५ के सेन्ट्रल कन्ट्रोल डिस्प्लेमा उपलब्ध गराउँछ’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘पछाडिको सिट फोल्ड गर्दा यसमा ७४४ लिटरको विशाल ट्रंक स्पेस प्राप्त हुन्छ ।’
प्रिमियम लाइफस्टाइल सेगमेन्टमा यो गाडीलाई प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध गराइएको एसपीजी अटोमोबाइल्सले जनाएको छ । ‘यसअघि बुकिङ गरेका ग्राहकका लागि एसपीजी अटोमोबाइल्सको देशभर रहेका शोरुम र आधिकारिक डिलरहरूको नेटवर्कमार्फत तत्कालै डेलिभरी सुरु गरिनेछ’ कम्पनीले भनेको छ ।
प्रतिक्रिया 4