+
+
Shares

सुन्धारा कारागारबाट भागेका तीन कैदीबन्दी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १७:५०
प्रतीकात्मक तस्वीर

९ पुस, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका तीन जना कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका-१ का ३४ वर्षीय सन्जिव परियार भन्ने राजेन्द्र दर्जी, मकवानपुरको चुरियामाई गाउँपालिका-३ का ३७ वर्षीय राजेन्द्र परियार र धादिङको थाक्रे गाउँपालिका-१० का ३५ वर्षीय विवेक परियार भन्ने राजेन्द्र दर्जी रहेका छन् ।

परेका तीनै जना जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद सजायको फैसला भई सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका कैदीहरू हुन् ।

बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी उनीहरूलाई कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?