+
+
Shares

सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी टोखाबाट पक्राउ

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-१ बस्ने ४६ वर्षीय श्यामलाल कँडेल र नुवाकोटको शिवपुरी गाउँपालिका-६ घर भई काठमाडौंको बानियाटार बस्ने ३० वर्षीय विनोद केसी भन्ने विनोद गौतम रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १९:४१
प्रतीकात्मक तस्वीर

३ पुस, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार भएका २ जना कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-१ बस्ने ४६ वर्षीय श्यामलाल कँडेल र नुवाकोटको शिवपुरी गाउँपालिका-६ घर भई काठमाडौंको बानियाटार बस्ने ३० वर्षीय विनोद केसी भन्ने विनोद गौतम रहेका छन् ।

प्रहरीका अनुसार डंगोल मानव बेचबिखन मुद्दामा ३२ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् । ९ वर्ष कैद भुक्तान गरिसकेका डंगोलले अझै २३ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी छ ।

यसैगरी विनोद अपहरण शरीर बन्धक, डाँका र संगठित अपराधमा १३ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् । ३ वर्ष  सजाय भुक्तान गरी सकेका विनोदले अझै  १० वर्ष ६ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ ।

लुकीछिपी बसेको अवस्थामा दुवैजनालाई टोखाको टोखाचण्डेश्वरीबाट बिहीबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?