+
+
Shares

सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ

पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका-७ पिपराका  २३ वर्षीय कृष्णा चौधरी र २९ वर्षीय विवेक चौधरी रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १८:४७

३ पुस, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार भएका २ जना कैदीबन्दी बाराबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका-७ पिपराका  २३ वर्षीय कृष्णा चौधरी र २९ वर्षीय विवेक चौधरी रहेका छन् ।

उनीहरू दुवै जनालाई बाराको पिपराबाट बिहीबार पक्राउ गरी वीरगञ्ज कारा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू दुवै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा लागुऔषध मुद्दामा पुर्पक्षमा थिए ।

२४ भदौको जेनजी आन्दोलनका क्रममा कारागारबाट उनीहरू फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?