+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुनधारा कारागारबाट फरार भएका एक कैदीबन्दी मकवानपुरमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १८:१५

३ मंसिर, काठमाडौं । लागुऔषध मुद्दाका फरार एक जना कैदीबन्दी मकवानपुरबाट पक्राउ परेका छन् ।

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुनधाराबाट २४ भदौमा फरार भएका मकवानपुरको थाहा नगरपालिका-९ का ३२ वर्षीय भुपेन्द्र बस्नेत पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि भिमफेदी कारागार बुझाइएको प्रहरीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?