१० पुस, काठमाडौं । यात्रुलाई अनाश्वयक रूपमा हैरानी दिएको आरोपमा प्रहरीले ७१ जना बिचौलियालाई पक्राउ गरेको छ ।
काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ७१ बिचौलियालाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सूचना कक्षले जनाएको छ ।
२४ मंसिरदेखि यता ७१ जना बिचौलियालाई पक्राउ गरेर कारबाही गरिएको प्रहरीले जनाएको छ ।
उपत्यका प्रहरी कार्यालयले मातहतका आफ्ना युनिटसँगको समन्वयमा संयुक्त अपरेसन गरेर उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4