१० पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले १५ औं महाधिवेशनको कार्यतालिका प्रभावित हुने बताएका छन् ।
तोकिएको समयमा महाधिवेशन गर्न सबैको तदारुकता र क्रियाशिलता हुँदाहुँदै पनि क्रियाशील सदस्यता नटुंगिएकन निर्वाचन प्रक्रिया अघि नबढ्ने उनले बताए ।
सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएपनि आफै सक्रिय भएको बारे महामन्त्री गगनले राखेको विचारबारे महतले भने, ‘कसैलाई दोष दिनुपर्ने कुरा छैन । सभापतिले कार्यवाहकको जिम्मेवारी दिनभएको छ । महामन्त्रीलाई विधानले दिए अनुसार क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक हुनुहुन्छ ।’
क्रम संख्या नगएको फारम गएको हुँदा फेरि पठाउनु पर्दा थप समय लाग्नुपरेको उनले बताए । जिल्ला जिल्लामा भरमग्दुर प्रयास गर्दा गर्दै पनि एकनासले का पुरा हुन नसकेको बताए ।
कार्यतालिकाको व्यवहारिक पक्षका बारेमा पहिले कुरा गरेपनि सहमति गर्नका लागि यस अनुसारको कार्यतालिका आएको बताए ।
प्रतिक्रिया 4