+
+
Shares

अब एकता गर्ने दलहरूले कसरी चुनाव लड्छन् ?

समानुपातिकका उम्मेदवाहरूको बन्दसूची पेस गर्न चार दिनमात्रै बाँकी रहँदा नयाँ दलहरूले एकीकरण र समीकरणका लागि छलफललाई तिब्रता दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले आगामी आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने अन्तिम समयसीमा तोकेको छ।
  • ११४ दल दर्ता भएका छन्, जसमा ९३ दल समानुपातिक निर्वाचनमा भाग लिन दर्ता भएका छन्।
  • दलहरू एकीकरण भएमा एउटै दलको चिन्ह लिएर प्रतिस्पर्धा गर्नेछन् र बाँकी दलहरूले बन्दसूची नबुझाउँदा निर्वाचन प्रक्रियामा असर नपर्नेछ।

१० पुस, काठमाडौं । समानुपातिकका उम्मेदवाहरूको बन्दसूची पेस गर्न चार दिनमात्रै बाँकी रहँदा नयाँ दलहरूले एकीकरण र समीकरणका लागि छलफललाई तिब्रता दिएका छन् । चार दिनभित्र उनीहरूको गृहकार्य नटुंगिएमा समानुपातिकका उम्मेदवारको सूची पेस गर्ने समयसीमा सकिनेछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार, आगामी आइतबार र सोमबार समानुपातिकका उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । निर्वाचन आयोगले सोमबार अपरान्ह ४ बजेका लागि बन्दसूची पेस गर्ने अन्तिम समयसीमा तोकेको छ ।

आयोगको सूचनाअनुसार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ११४ वटा दल दर्ता भएका छन् । जसमध्ये ९३ दल समानुपातिक निर्वाचनमा भाग लिन दर्ता भएका छन् ।

अब एकीकरण भए के हुन्छ ?

दलहरूबीच एकीकरण भएर समानूपातिकको बन्दसूची नबुझाउँदा निर्वाचन प्रक्रियामा खासै असर हुँदैन । दलहरू मिलेमा कुनै एक दलको ब्यानर र चिन्ह लिएर प्रतिस्पर्धा गर्नेछन् । त्यस्तोमा एकीकरणमा मिसिने दलहरूले निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची नबुझाउँदा पुग्छ ।

‘अब जुन जुन दलहरूले आयोगमा उम्मेद्वारहरूको बन्दसूची बुझाउँछन्, उनीहरूको चुनाव चिन्हमात्रै समानुपातिक मतपत्रमा छापिनेछ’ निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराई भन्छन्, ‘आयोगमा दर्ता भएका दलहरूले पनि समानुपातिकमा सूची बुझाएनन् भने मतपत्रमा उनीहरूको चिह्न रहँदैन ।’

तर प्रत्यक्षतर्फ भने मनोनयनपछि मात्रै मतपेटिकाको डिजाइन तयार हुन्छ । हरेक निर्वाचन क्षेत्रमा फरक दल र स्वतन्त्र उम्मेदवारसमेत हुने भएकाले जिल्लाअनुसार नै फरक मतपत्र तयार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?