+
+
Shares

६ लाख ६६ हजारले गरे कांग्रेस सदस्यता नवीकरण

नेपाली कांग्रेसले अहिलेसम्म ६ लाख ६६ हजार बढीको क्रियाशील सदस्यता नवीकरण भइसकेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले अहिलेसम्म ६ लाख ६६ हजारभन्दा बढीको क्रियाशील सदस्यता नवीकरण भइसकेको जनाएको छ।
  • सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीले 'अहिलेसम्म ७५ प्रतिशत सदस्यता नवीकरण भयो' भने।
  • जनता समाजवादी पार्टीबाट कांग्रेस प्रवेश गरेका सहसराम यादवलाई कपिलवस्तुका लागि ५७५ सदस्यता नवीकरण फारम दिने निर्णय भएको छ।

पुस १०, काठमाडौँ । नेपाली कांग्रेसले अहिलेसम्म ६ लाख ६६ हजार बढीको क्रियाशील सदस्यता नवीकरण भइसकेको जनाएको छ ।

बिहीबारसम्म ६ लाख ६६ हजारको क्रियाशील नवीकरण सम्पन्न भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले अनलाइनखबरलाई जानकारी दिए ।

‘अहिलेसम्म ७५ प्रतिशत सदस्यता नवीकरण भयो,’ बिहीबारको बैठकपछि उनले भने ।
कांग्रेसमा ८ लाख ८९ हजार सदस्य छन् ।

उनले छुटपुट दर्ता र केही ठाउँका विवादलाई आन्तरिक छलफलबाटै टुंग्याउने निर्णय भएको बताए । त्यस्तै जनसम्पर्क समितिअन्तर्गत ओमान, यूएई, साउदी अरबको क्रियाशील पनि टुंग्याइएको रसाइले जानकारी दिए ।

त्यस्तै विवाद भएका सुर्खेत, काठमाडौँ ६ र पर्सामा नवीकरण फारम पठाउने र नवीकरण केन्द्रमै गर्ने निर्णय भएको उनको भनाइ छ ।

रसाइलीले जनता समाजवादी पार्टीबाट कांग्रेस प्रवेश गरेका सहसराम यादवलाई कपिलवस्तुका लागि ५७५ वटा सदस्यता नवीकरण फारम दिने निर्णय भएको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?