+
+
Shares

नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते २२:०८

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन् ।

बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले आम निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू चुनाव नलड्ने घोषणा गरेका हुन् ।

‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ थापालाई उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’

यसअघि आजकै बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?