+
+
Shares

कुलमान र बालेनबीच वार्ता जारी

ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच वार्ता जारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते २३:१६

१० पुस, काठमाडौँ । ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच वार्ता जारी छ ।

निर्णायक भनिएको उक्त छलफल पार्टी राजनीतिमा कसरी सहकार्य गर्ने, एउटै पार्टीबाट सक्रिय हुने या के गर्ने भन्ने विषय केन्द्रित रहेको उनीहरू निकट नेताले बताएका छन् ।

आफ्ना सहयोगी कुमाल बेनको निवास ज्वागलमा दिनभर वैकिल्पक भनिएका नयाँ दलका नेता तथा केही पुराना र स्वतन्त्र व्यक्तिहरूसँग बालेनले छलफल गरेका थिए ।

१२ घण्टासम्म ज्वागलमा बसेर राजनीतिमा आएको जानकारी दिएका बालेन अहिले कुलमानसँग छलफल गरिरहेका छन् । उनीहरूबीचको छलफल कहाँ भइरहेको छ भन्ने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?