१४ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका नेताहरू निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन पुगेका छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । अहिले सो पार्टीका केही नेताहरू आयोगमा पुगेका छन् ।
उता, पार्टीका संरक्षक कुलमान घिसिङ भने रास्वपा सभापति रवि लामिछानेसँग छलफलमा जुटेका छन् ।
पटकपटक भएका विभिन्न वार्ताहरू विफल भएपछि अहिले अन्तिम समयमा पुन: संवाद भएको हो ।
पार्टी केन्द्रीय समिति बैठकबाट निस्किएर रास्वपा सभापति रवि लामिछानेले घिसिङसँग भेटवार्ता गरिरहेका हुन् ।
‘सहमति भयो भने त भयो । तर भएन भने समय गुज्रिन्छ भनेर हामीले आयोगमा पनि ११० जनाको नाम पेश गर्न लागेका हौं,’ एक केन्द्रीय सदस्यले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4