१४ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा जोडिएका छन् ।
पछिल्लोपटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए । तर, अहिले उनी पुन: छलफलका लागि गएको कुलमाननिटक एक नेताले अनलाइनखबरलाई बताए ।
स्रोतका अनुसार, केहीबेरअघिमात्रै रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट निस्किएका छन् ।
उनीहरूबीच कहाँ छलफल हुने भन्ने खुलाइएको छैन ।
‘रवि दाई भर्खरै बैठकबाट निस्कनुभयो,’ रास्वपा स्रोत भन्छ, ‘कुलमानजीसँग छलफल गर्न भनेर जानुभएको छ ।’
यसअघि सहमति हुन नसक्दा दुवै दलले छुट्टाछुट्टै समानुपातिकको बन्दसूची तयार पारिरहेका थिए । आयोगले आजै बन्दसूची बुझाइसक्नुपर्ने बताएको छ । आयोगको समयसीमाको दबाबमा परेका उनीहरू अन्तिम समयमा पुन: छलफलमा जुटेका हुन् ।
प्रतिक्रिया 4