+
+
Shares

फेरि संवादमा जुटे बालेन र कुलमान

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १९:३७

१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ फेरि संवादमा जुटेका छन् ।

स्रोतका अनुसार, बालुवाटारस्थित एक घरमा अहिले उनीहरूबीच वार्ता चलिरहेको छ ।

पार्टी केन्द्रीय समिति बैठकमा पछिल्ला घटनाक्रमबारे ब्रिफिङ गरेका घिसिङ लगत्तै बालेनसँग संवादमा जुटेका हुन् ।

घिसिङले पार्टीमा रास्वपाले अघि सारेको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । अस्तित्वको विषय उठाउँदै उनले पार्टीको नाम, चुनाव चिन्ह र पद सबै दिएर एक हुन नसकिने ब्रिफिङ गरेका थिए ।

बालेन र कुलमानबीच आजै बिहान पछि भेटवार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?