+
+
Shares

बालेनले कुलमानलाई सुनाए रास्वपाको प्रस्ताव, छलफल जारी

कुलमान निकट स्रोतका अनुसार बालेनले प्रधानमन्त्री लगायतको प्रस्ताव आएको र स्टेकको कुरा अझै नमिलिसकेको कुराहरू सुनाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १३:१७

१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ऊर्जामन्त्री कुलमान घिसिडलाई आफूलाई रास्वपाले गरेको प्रस्तावबारे ब्रिफिड गरेका छन् ।

शनिबार बालेन र कुलमानबीच जारी भेटवार्तामा बालेनले कुलमानलाई शुक्रबार रास्वपा पक्षबाट भएका प्रस्तावबारे ब्रिफिङ गरेका हुन् ।

कुलमान निकट स्रोतका अनुसार बालेनले प्रधानमन्त्री लगायतको प्रस्ताव आएको र स्टेकको कुरा अझै नमिलिसकेको कुराहरू सुनाएका थिए ।

‘ठ्याक्कै केके भयो त अब सकिएपछि मात्र आउँछ । हामीले थाहा पाएअनुसार हिजो रास्वपाले गरेको प्रस्ताव उहाँले सुनाउनुभयो । त्यसमा रास्वपासँग अधिकांश विषयमा कुरा मिल्न बाँकी नै रहेको  बुझिएको छ,’ स्रोतले भन्यो ।

अहिले दुई जनाबीच छलफल जारी छ । छलफल भएको स्थान भने स्पष्ट खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?