News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डमा 'फोटोनेपाल' प्रदर्शनी 'एक्स्प्लोर अनएक्स्प्लोर्ड' ११ पुसदेखि १३ पुससम्म सञ्चालन हुँदैछ।
- प्रदर्शनीमा नवीनबाबु गुरुङका ३५ ड्रोन तस्वीर राखिएका छन् जसले कम चिनिएका गन्तव्य र सांस्कृतिक स्थान देखाउँछन्।
- पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले फोटोग्राफीले धारणा निर्माण गर्ने शक्ति राख्ने र नयाँ गन्तव्य अन्वेषणमा प्रेरित गर्ने बताए।
११ पुस, काठमाडौं । नेपाल पर्यटन बोर्डमा ‘फोटोनेपाल’ प्रदर्शनी ‘एक्स्प्लोर अनएक्स्प्लोर्ड’ शुक्रबारदेखि सुरु भएको छ ।
प्रदर्शनीमा नवीनबाबु गुरुङका फोटो राखिएको बोर्डले जनाएको छ । यस पटक नेपालका कम चिनिएका गन्तव्य, प्राकृतिक दृश्य र सांस्कृतिक स्थानका दृश्य कथा प्रस्तुत गरिएको छ ।
प्रदर्शनीमा नेपालका विभिन्न स्थानबाट लिइएका ३५ ड्रोन तस्वीर प्रदर्शनमा राखिएका छन् । कम परिचित तथा उदाउँदो गन्तव्यलाई प्रकाशमा ल्याउने उद्देश्य राखिएको बोर्डले जनाएको छ । प्रदर्शनी १३ पुसम्म चल्ने छ ।
उद्घाटनमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले फोटोग्राफीले जिज्ञासा जगाउने र धारणा निर्माण गर्ने शक्ति राख्ने बताए ।
फोटोनेपाल जस्ता पहल मार्फत नेपाललाई परिचित प्रतीकभन्दा बाहिर प्रस्तुत गर्न र यात्रुलाई नयाँ गन्तव्य अन्वेषण गर्न प्रेरित गर्ने लक्ष्य राखिएको उनले बताए ।
१५ वर्षभन्दा बढी पेसागत अनुभव भएका फोटोग्राफर गुरुङ फोटो पत्रकारिता र डकुमेन्ट्रीमा काम गर्दै आएका छन् । बोर्डले सन् २०१६ फोटोनेपाल प्रदर्शनी अभियान गर्दै आएको छ ।
प्रतिक्रिया 4