+
+
Shares

समानुपातिक निर्वाचन कार्यक्रम संशोधन गर्ने पक्षमा छैनौं : निर्वाचन आयोग

समानुपातिकतर्फको निर्वाचन तालिका हेरफेरबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा जवाफ दिँदै उनले भने, ‘यो कार्यक्रम संशोधन र परिवर्तन गर्ने पक्षमा आयोग छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १७:२५

११ पुस, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकर्फतको निर्वाचन कार्यतालिका संशोधन गर्ने पक्षमा आफूहरू नरहेको प्रष्ट पारेको छ ।

निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो बताएका हुन् ।

समानुपातिकतर्फको निर्वाचन तालिका हेरफेरबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा जवाफ दिँदै उनले भने, ‘यो कार्यक्रम संशोधन र परिवर्तन गर्ने पक्षमा आयोग छैन ।’

साथै, उनले अब निर्वाचन हुन्छ कि हुँदैन भनेर छलफल गर्नु आवश्यक नरहेको पनि बताए ।

‘हाम्रो डिस्नेरीमा अब निर्वाचन हुँदैन कि भन्ने शब्द छैन,’ भण्डारीले भने ।

‘कहीँ कतैबाट कसैले पनि निर्वाचनमा भाग नलिने भनेको सुनिएको छैन । यसकारण निर्वाचनको विपक्षमा कोही पनि छैन,’ उनले भने ।

विगतमा भन्दा यसपटक निर्वाचन आचारसंहितामा कडाइ गर्न लागिएको उनको भनाइ छ ।

कतिपय दलले समानुपातिक तर्फको बन्द सुची पेस गर्ने समय थप गर्न माग गरेका छन् । यसअघि सर्वपक्षीय छलफलकै क्रममा नेपाली कांग्रेसले यस्तो माग राखेका थिए ।

आयोगको तालिकाअनुसार यही पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाउने समय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?