News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री नीति शाहले प्रेमी याञ्चित राणासँग फागुन ८, ९ र १० गते सामाजिक र धार्मिक विधिअनुसार विवाह गर्ने भएकी छिन्।
- नीति शाह र याञ्चित राणाले गत बैशाख ५ गते काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका थिए।
- विवाहपछि नीतिले अर्को फिल्मको छायांकन गर्ने तयारी रहेको छ भने विवाहअघि फिल्म 'जदौ' को छायांकन गर्नेछिन्।
काठमाडौं । अभिनेत्री नीति शाहले प्रेमी याञ्चित राणासँग फागुन दोस्रो साता सामाजिक र धार्मिक विधिअनुसार विवाह गर्ने भएकी छिन् । यी दुईजनाले फागुनको ८, ९ र १० गते विवाह गर्न लागेका हुन् ।
काठमाडौंमा हुने विवाहको लागि अहिल्यैदेखि तयारी सुरु भएको छ । उनीहरूले सामान्य ढंगले र सीमित पाहुनाको उपस्थितीमा विवाह गर्न लागेको बुझिएको छ ।
‘राम्रो विवाह समारोह गर्ने तर ठिक्कको गर्ने’ नीतिको भनाई उल्लेख गर्दै स्रोतले भन्यो, ‘फागुनको ८ देखि १० सम्म विवाह कार्यक्रमको आयोजना गरिएको छ ।’
यी दुईले गत बैशाख ५ गते काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका थिए । विवाहअघि नीतिले फिल्म ‘जदौ’ को छायांकन गर्नेछिन् । विवाह पछि अर्को एक फिल्मको छायांकन तयारी रहेको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4