+
+
Shares

निर्वाचनको विकल्प छैन, कम्युनिस्ट एकता आजको आवश्यकता : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभयो।
  • उहाँले संसद् पुनर्स्थापनाको पछाडि नलाग्न आग्रह गर्दै निष्पक्ष चुनावको तयारीमा दलहरू लाग्नुपर्ने उल्लेख गर्नुभयो।
  • दाहालले कम्युनिस्ट शक्तिबीच एकता वर्तमान आवश्यकता भएको र राष्ट्रिय स्वाधीनता रक्षा गर्न ध्रुवीकरण प्रारम्भ भएको जानकारी दिनुभयो।

११ पुस, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले संसद् पुनर्स्थापनाको पछाडि नलाग्न आग्रह गर्दै भयरहीत वातावरणमा निष्पक्ष चुनाव जनताले माग गरिरहेकाले दलहरूल त्यसको तयारीमा लाग्नुपर्ने बताएका हुन् ।

उनले कम्युनिस्टले मात्र देश विकास तथा जनताको पक्षमा काम गर्न सक्ने भएकाले कम्युनिस्ट शक्तिबीच एकता वर्तमान आवश्यकता भएको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले मुलुकमा राष्ट्रिय स्वाधीनताको रक्षा गरी देशमा विद्यमान सङ्कटको समाधान गर्न समान वैचारिक दृष्टिकोण बोकेका वाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?