+
+
Shares

थाइल्यान्ड र क्याम्बोडियाबीच ३ सातापछि शान्ति सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्यान्ड र क्याम्बोडियाले सीमा द्वन्द्वका लागि तत्काल युद्धविराम गर्न सहमति जनाएका छन्।
  • तीन साताभित्र कम्तीमा ४७ जनाको मृत्यु र एक लाखभन्दा बढी विस्थापित भएका छन्।
  • सहमति अनुसार दुवै पक्षले हतियार प्रयोग रोक्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई घर फर्कन अनुमति दिने व्यवस्था लागू गर्नेछन्।

१२ पुस, फ्नोम पेन्ह । थाइल्यान्ड र क्याम्बोडियाले जारी द्वन्द्वका लागि तत्काल युद्धविराम गर्न सहमति जनाएका छन् ।

दुवै देशले शनिबार केही सातादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यस क्रममा तीन साताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आक्रमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागू गरिनेछ ।

साथै, साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका छन् । यो युद्धविराम तीन दिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए ।

विवाद पुरानो उपनिवेशकालीन सिमाङ्कनको कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ ।

थाइल्यान्डका प्रधानमन्त्रीले यसलाई अन्तिम सहमति बनाउन आग्रह गर्दै शान्ति कायम गर्ने र नागरिकलाई घर फर्काउन सहयोग गर्ने बताएका छन् ।

थाइल्यान्डमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुने तय भएको छ ।

(रासस/एएफपी) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?