+

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि आयरल्यान्डको टोली घोषणा

२०८२ पुष  १२ गते १९:२२ २०८२ पुष १२ गते १९:२२
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि आयरल्यान्डको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयरल्याण्डले जनवरीमा नेपालमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।
  • टोलीको कप्तान ग्याबी लुइस र उपकप्तान ओरला प्रेन्डरगास्ट रहनेछन्।
  • आयरल्याण्ड टोली जनवरी ६ मा दुबईमा अभ्यास क्याम्प गरेर १२ मा नेपाल आउनेछ र १८ जनवरी पपुवा न्युगिनीविरुद्ध पहिलो खेल खेल्नेछ।

१२ पुस, काठमाडौं । आउँदो जनवरीमा नेपालमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताका लागि आयरल्यान्डको १५ सदस्यीय अन्तिम टोली घोषणा भएको छ।

टोलीको कप्तानमा ग्याबी लुइस रहनेछिन् भने ओरला प्रेन्डरगास्ट उपकप्तान नियुक्त भएकी छन्। आयरल्यान्डले यस प्रतियोगितामार्फत इंग्ल्यान्ड र वेल्समा हुने आईसीसी महिला टी–२० विश्वकप २०२६ का लागि छनोट हुने लक्ष्य राखेको छ।

प्रतियोगिताअघि तयारीका लागि टोली जनवरी ६ मा दुबई जानेछ, जहाँ ६ दिने अभ्यास क्याम्प हुनेछ। त्यसपछि टोली जनवरी १२ मा नेपाल आउनेछ।

छनोट प्रतियोगिताअघि आयरल्यान्डले नेपाल र जिम्बाबेविरुद्ध दुई अभ्यास खेल खेल्ने पनि तय छ।

छनोटको पहिलो खेलमा आयरल्यान्डले १८ जनवरीमा पपुवा न्युगिनीसँग खेल्नेछ ।

आयरल्यान्डको टोली : ग्याबी लुइस (कप्तान), आभा क्यानिङ, क्रिस्टिना कौल्टर रेली, अलाना डेल्जेल, लउरा डेलानी, सारा फोर्ब्स, एमी हन्टर, आर्लिन केली, एइमी मग्वायर, जेन मग्वायर, लारा म्याकब्राइड, कारा मरे, लिया पल, ओरला प्रेन्डरगास्ट र रेबेका स्टोकल।

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय