+
+
Shares

प्रधानमन्त्रीलाई विप्लवको प्रश्न- सत्तामा ल्याउनेलाई नै अपराधी करार गर्न खोजे देशको हालत के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते २१:२६

१२ पुस, काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी विद्रोहीहरूलाई अपराधी करार गर्ने प्रयास गर्न खोज्दा देशको हालत के हुन्छ भनेर प्रश्न गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् । महासचिव विप्लवले जेनजी विद्रोहले बनाएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले कांग्रेस, एमाले र माओवादीका कार्यकर्तालाई देखाएर जेन–जी विद्रोहीहरूलाई अपराधी करार गर्ने काम गरिरहेकाले देशको अवस्था बेहाल हुन पुगेको जिकिर समेत गरे ।

‘२३ र २४ गते जति पनि युवाहरू, नागरिकहरू, जेनजीहरू सडकमा निस्किए । त्यो त यो व्यवस्थाबाट वाक्क दिक्क भएको, भ्रष्टाचारबाट वाक्क दिक्क भएर परिवर्तन गर्न हिँडेका हुन् नि । ती एमाले भएर निस्केका हुन र ? ती कांग्रेस, माओवादी भएर निस्केको मान्छे होइनन् नि,’ उनले भने, ‘ती यसलाई फेर्नुपर्छ भनेर सडकमा आएका मान्छे हुन् नि । अब त्यही विद्रोहबाट सुशीला कार्कीजीको सरकार आउने । अनि उहाँले आफूलाई सत्तामा ल्याउने मान्छेलाई अपराधी करार गर्न खोज्ने हो भने अनि यो देशको हालत के हुन्छ ?’

विभिन्न फुटेजहरू हेरेर कांग्रेस, एमालेका कार्यकर्ताहरूले मेरो घर जलाएको रहेछ भन्न लगाएर सरकारले जेनजी विद्रोहीहरूलाई घुमाउरो पाराले अपराधि बनाउने कोशिस गरिरहेको उनको भनाइ छ ।

महासचिव विप्लवले जेनजी विद्रोह असफल भइसकेको र त्यसमा सरकारको भुमिका रहेको दाबी समेत गरे ।

‘हामी के देख्छौ भने नेपालको राजनीति संक्रमणकालीन अवस्थामा नै छ । संकट पनि छ । जेनजी विद्रोह असफल नै भइसक्यो । जेनजीको असफलतालाई लगेर फेरि अर्को ठाउँमा यसलाई दुरुपयोग गर्न खोजेको, अपव्याख्या गर्न खोजेको देखिन्छ । जसरी हिजो माओवादीलाई उग्रवादी आतंककारी भनेर अहिले व्याख्या गर्न खोजिँदैछ,’ विप्लवले भने, ‘अहिले जेनजीको तरिका के छ भने फोटो हेरीहेरी, सिसिटीभीको फुटेज हेरीहेरी मेरो घरमा त कांग्रेस जलाउन आएको रहेछ भन्छ । मेरो घरमा एमालेले जलाएको रहेछ, मेरो घर त एमाले भित्रैकाले जलाएको रहेछ । कस्तो व्याख्या हो यो ? विद्रोह त्यस्तो हुन्छ त ? त्यसमा सहमत भएर जति पनि लडन गए नि । ती विद्रोही हुन नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?