+
+
Shares

प्रतिनिधि सभा निर्वाचन : आजदेखि समानुपातिकको बन्द सूची पेस गर्ने कार्यक्रम सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते ८:५१

१३ पुस, काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु भएको छ ।

निर्वाचनका लागि दर्ता भएका दलहरुले तोकिएको समयमा उम्मेदवारको बन्द सूची पेस गरिसक्नु पर्नेछ ।

निर्वाचन आयोगका अनुसार बन्द सूची पेस गर्ने समय सोमबार राति १२ बजेसम्मका लागि तोकिएको छ ।

समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ ।

आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ ।

माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गरिनेछ ।

सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।

बन्द सूची पेस गर्ने कार्यक्रम सुरु भएपछि नेपाल मजदुर किसान पार्टीको टोली बिहानै निर्वाचन आयोग पुगिसकेको छ ।

अन्य दलहरु पनि बन्द सूचीलाई अन्ति रुप दिने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?