+
+
Shares

सेती पुल चाँडो सक्न मन्त्री घिसिङको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते ११:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आइतबार पोखरा–मुगलिङ्ग सडक खण्ड अन्तर्गत निर्माणाधीन सेती पुलको निरीक्षण गरेका छन्।
  • सेती पुलको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ र मन्त्री घिसिङले निर्माण कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन्।

१३ पुस, काठमाडौं । भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले निर्माणाधीन सेती पुलको निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङले आइतबार बिहान पोखरा–मुगलिङ्ग सडक खण्ड अन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको निरीक्षण गरेका हुन् ।

पोखरा आवतजावतको क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रूपमा रहेको उक्त स्थानमा निर्माणाधीन पुलको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ ।

निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?