News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले समानुपातिकबाट सांसद बनेकाहरूलाई यसपटक उम्मेदवार नबनाउने निर्णय गरेको छ।
- कार्यसम्पादन समितिको बैठकले ०६४ देखि ०७९ सालसम्म समानुपातिक सांसद बनेकाहरूलाई अबको सूचीमा नराख्ने निर्णय गरेको हो।
- बैठकले नयाँ उम्मेदवारहरूको नाम छनोट गर्दै बन्दसूची तयार गर्ने प्रक्रिया जारी रहेको छ।
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकबाट सांसद बनेकाहरूलाई यसपटक उम्मेदवार नबनाउने निर्णय गरेको छ ।
समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न बसिरहेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
समानुपातिक निर्वाचन प्रणाली लागू भएयता ०६४, ०७०, ०७४ र ०७९ सालमा भएका कुनै पनि निर्वाचनबाट समानुपातिक सूचीमा परी प्रतिनिधिसभा र प्रदेश सभामा सांसद बनेकाहरूलाई कांग्रेसले अब उम्मेदवार नबनाउने निर्णय गरेको हो ।
कार्यसम्पादन समितिका एक सदस्यले भने, ‘यसअघि भएका कुनै पनि निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकबाट सांसद बनेकाहरूलाई अबको सूचीमा राखिनेछैन । अहिलेसम्म मौका नपाए नयाँ उम्मेदवारहरू कांग्रेसको समानुपातिका सूचीमा रहनेछन् ।’
कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले पनि चलिरहेको छ । बैठकले समानुपातिक तर्फ बन्दसूचीमा रहने उम्मेदवारको नाम छनोट गर्नेछ ।
प्रतिक्रिया 4