+
+
Shares

भोलि जाँचबुझ आयोगमा बयान दिँदै लेखक, लगत्तै पत्रकार सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते २१:५८

१३ पुस, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले भोलि जाँचबुझ आयोगमा गएर बयान दिँदैछन् । गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई यसअघि नै पत्र काटिसकेको थियो ।

आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसकेका छन् ।

लेखकको सचिवालयका अनुसार, सोमबार दिउँसो १२ बजे उनी बयानका लागि आयोगमा जानेछन् । जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए ।

भोलि बयान सकिएपछि दिउँसो साढे २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

जहाँ उनले बयानबारे जानकारी गराउने उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?