News Summary
Generated by OK AI. Editorially reviewed.- गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चुक्ता पूँजी ७५ करोडबाट डेढ अर्ब पुर्याउन एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
- कम्पनीको तेस्रो साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन र लेखा परीक्षण गरिएको वित्तीय विवरण पारित गरेको छ।
- साधारणसभाले चालु आव २०८२/८३ का लागि वाह्य लेखा परीक्षक नियुक्ति गर्ने र नवराज सुक्का सञ्चालक निर्विरोध निर्वाचित भएको निर्णय गरेको छ।
१४ पुस, काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चुक्ता पूँजी बढाउन एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीको तेस्रो साधारणसभाले आवश्यक प्रक्रिया अघि बढाउन अनुमति दिएपछि हकप्रद निष्कासन गर्ने निश्चित भएको हो ।
हाल ७५ करोड चुक्ता पूँजी रहेको कम्पनीले डेढ अर्ब पुर्याउन हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । साथै, सोमबार सम्पन्न कम्पनीको तेस्रो साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ ।
लेखा परीक्षण गरिएको आव २०८१/८२ को वित्तीय विवरण पनि साधारणसभाले पारित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको चालु आव २०८२/८३ का लागि वाह्य लेखाद परीक्षक नियुक्ति गर्ने प्रस्ताव सभाबाट सर्वसम्मत पारित भएको छ । त्यसैगरी सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एक सञ्चालकको रिक्त पदमा नवराज सुक्का सभाबाट निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पनि सभाले पारित गरेको छ ।
प्रतिक्रिया 4