+

पूर्वप्रधानमन्त्री जियाको निधनको शोकमा बीपीएलका खेल स्थगित

२०८२ पुष  १५ गते १४:५४ २०८२ पुष १५ गते १४:५४
पूर्वप्रधानमन्त्री जियाको निधनको शोकमा बीपीएलका खेल स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेश प्रिमियर लिगका मंगलबारका खेलहरू स्थगित भएका छन्।
  • खालिदा जिया ८० वर्षको उमेरमा निधन भएकी थिइन् र बीसीबीले उनको योगदानको सम्मानमा राष्ट्रिय शोक घोषणा गरेको छ।
  • ढाका मेट्रोपोलिस क्रिकेट समितिले पनि डिसेम्बर ३० देखि जनवरीसम्मका नौ खेलहरू स्थगित गरेको छ र नयाँ तालिका पछि सार्वजनिक गरिनेछ।

१५ पुस, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनको शोकमा बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत मंगलबारका लागि तय भएका खेलहरू स्थगित भएको छ।

मंगलबार विहान जियाको ८० वर्षको उमेरमा निधन भएको थियो । खेल सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले यो निर्णय गरेको हो।

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री थिइन् र उनले दुई कार्यकाल प्रधानमन्त्रीको रूपमा सेवा गरेकी थिइन्।

बीसीबीले क्रिकेटको विकासमा उनले दिएको योगदानको स्मरण गर्दै राष्ट्रिय शोकको सम्मानस्वरूप खेलहरू पछि सारिएको जनाएको छ। रद्द गरिएका खेलहरू पुनः तालिकामा समावेश गरिने बीसीबीले जनाएको छ।

यसका साथै, ढाका मेट्रोपोलिस क्रिकेट समितिले पनि डिसेम्बर ३० देखि जनवरीसम्म हुने ढाका प्रथम डिभिजन क्रिकेट लिगका नौ खेलहरू स्थगित गरेको छ, जसको नयाँ तालिका पछि सार्वजनिक गरिनेछ।

बीपीएलको यो सिजनमा नेपाली लेगस्पीनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट खेलिरहेका छन् ।

खालिदा जिया बंगलादेश प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय