+
+
Shares

अनुपविक्रमको दुबै हातमा लड्डु : ‘रोडिज’ मा ह्याट्रिक, सलमान खानसँग फिल्म

लगातार तीनैवटा सिजनको नतिजा आफ्नो पोल्टामा पार्नु चानचुने कुरा होइन । यसका लागि सचेत रणनीति र इच्छाशक्ति चाहिन्छ, जुन कुरा उनले पुष्टि गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १८:०१
अनुपविक्रम शाही र हिमालय रोडिज सिजन ७ का विजेता अनिश तामाङ (दायाँ) ।
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनुपविक्रम शाहीले सन् २०२५ मा लगातार तीन सिजन हिमालय रोडिज जितेर ग्याङ लिडरको रूपमा आफूलाई स्थापित गरे।
  • उनले सलमान खानको फिल्म 'ब्याटल अफ गलवान' बाट बलिउडमा डेब्यू गरेका छन् र फिल्म अप्रिलमा प्रदर्शन हुने तयारीमा छ।
  • अनुप अहिले नेपाल र भुटानको सहनिर्माण फिल्म 'टनेल २६' मा काम गरिरहेका छन् र हिमालय टिभीको 'नेपाल्स नेक्स्ट टप मोडल' मा जज हुनेछन्।

अनुपविक्रम शाहीलाई यतिबेला भाग्यले साथ दिइरहेको छ । एकपछि अर्को गरि उनले नतिजा आफ्नो पोल्टामा पारिरहेका छन् । सन् २०२५ उनको लागि ‘जादूमयी वर्ष’ बन्यो ।

यसवर्ष उनले ‘हिमालय रोडिज’ मा ह्याट्रिक गरे । लगातार तीनैवटा सिजनको नतिजा आफ्नो पोल्टामा पार्नु चानचुने कुरा होइन । यसका लागि सचेत रणनीति र इच्छाशक्ति चाहिन्छ, जुन कुरा उनले पुष्टि गरे ।

सबैभन्दा ठूलो कुरा, यसवर्ष उनले सलमान खानको बहुप्रतीक्षित फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरे । भारत र चीनबीचको भूराजनीतिक तनावको कथावस्तु पेश गर्ने यो फिल्म आउँदो अप्रिलमा प्रदर्शन तयारीमा छ ।

फिल्मको कूल दृश्यमध्य २५ प्रतिशतमा सलमानसँग अनुपले स्क्रिन सेयर गरेको बुझिएको छ । यसबाहेक, उनी अहिले भुटान र नेपालको सहनिर्माणमा बनिरहेको फिल्म ‘टनेल २६’ मा ब्यस्त छन् । यो प्रोजेक्ट पनि भयंकर हुनेवाला छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, अनुपले निर्विवाद आफूलाई हिमालय रोडिजका सिद्धहस्त ‘ग्याङ लिडर’ को रुपमा सावित गरिसकेका छन् । नेपाली तन्नेरी दर्शकमाझ लोकप्रिय यो विश्वचर्चित फ्रेन्चाइजीको नेपाली संस्करणमा अनुप तेस्रो सिजनयता लगातार छन् ।

सातौं सिजनमा उनले विजेताको रुपमा अनिश तामाङलाई पाए । रोचक के छ भने, सातौं सिजनको फाइनलिस्टमा दुबैजना अनुपको समूहबाट थिए । एकातिर थिइन् रोजिता लामा र अर्कोतिर थिए अनिश । रोजिताले त हिमालय रोडिजको फिनालेमा पुग्ने पहिलो प्रतिस्पर्धीको रुपमा इतिहास रचिन् ।

अनलाइनखबरको स्टुडियोमा अनुपलाई सोधियो- जितका लागि के चाहिने रहेछ ? उनको जवाफ थियो- अनुशासन, कठोर मिहेनत र इच्छाशक्ति । यी तीन तत्व जितका लागि जरुरी रहेको उनको भनाइ छ । रोडिजमा यतिमात्रैले पुग्दैन, जित्न रणनीति पनि जरुरी रहेको उनको मत छ ।

अनुपले जितका लागि अनिशले गरेको संघर्ष र उनको अनुशासनको प्रशंसा गरे । नेपाली सेनामा कार्यरत अनिशले अघिल्लो सिजनका विजेता जोसेफ शर्मालाई देखेर आफू पनि रोडिजमा होमिएको बताएका थिए ।

ग्याङ लिडरको रुपमा अनुप उत्कृष्ट र जितको लागि उपयुक्त पात्र रहेको भन्दै उनले आभार दर्शाए । सुरुमा अनिश कमजोर देखिएपछि प्रतिस्पर्धाको उत्तराद्र्धतिर भने उनले बलियो पुनरागमन गरेको अनुपको भनाइ छ ।

अनिशले रोडिजको जित आफ्नो लागि सपनाजस्तै लागेको बताए । ‘म अहिले पनि विश्वास गरिरहेको छैन, सपनाजस्तै लागिरहेको छ’ उनले भने, ‘साथीभाइको फोन उठाउन भ्याएको छैन । फोन नउठाउँदा कतिपयले घमण्डी ठान्नुहोला, त्यस्तो नसोच्नूस ।’

ग्याङ लिडरको रुपमा अनुपको कुशल रणनीतिले आफूले खेल्न जित्न सकेको बताउँदै अनिशले अनुप आफ्नो मनमा बसेको बताए । प्राप्त पुरस्कारलाई सहि सदुपयोग गर्ने बताउँदै अनिशले आफूजस्तै अन्य पनि रोडिजमा आउनुपर्ने बताए ।

‘नेपालप्रति सलमान सरको प्रेम गाढा’

अन्तर्वार्ताको क्रममा अनुपविक्रमले भारतमा हालै छायांकन सकिएको बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ को चर्चा गरे । फिल्मको महत्वपूर्ण रोलमा देखिएका उनी यो फिल्म प्रवर्धन गर्न चाँडै भारत जाँदैछन् ।

पर्दामा हेर्दा सलमान ठूलो स्टार जस्तो लाग्ने भएपनि, वास्तविकरुपमा उनी सरल, डाउन टु अर्थ र दयावान व्यक्ति रहेको अनुपले बताए । ‘सेटमा पनि साधारण मानिसजस्तै महसुस भयो । एकदम डाउन टु अर्थ’ सलमानबारे अनुपले भने ।

नेपाल, यहाँको प्राकृतिक सौन्दर्य र नेपाली फ्यानप्रति सलमानको अगाध प्रेम रहेको आफूले पाएको अनुपले बताए । ‘विगतमा नेपाल आउने उहाँको योजना जुरेन । भविष्यमा कुनै समयमा मिलाएर उहाँ नेपाल घुम्न आउनुहुन्छ’ अनुपले भने ।

निर्देशक अपूर्व लाखियाको पनि उनले प्रशंसा गरे । नेपाल र बलिउडमा फिल्म छायांकनको शैली र काम गराइमा केही भिन्नता रहेको बताउँदै अनुपले भविष्यमा अन्य बलिउड फिल्ममा पनि काम गर्न सक्नेतर्फ संकेत गरे ।

बलिउड लगत्तै सलमान अहिले भुटानमा छायांकन भैरहेको फिल्म ‘टनेल २६’ मा ब्यस्त छन् । नेपाल र भुटानी निर्माताको सह–निर्माण रहेको यो फिल्म जम्बोइ जनरामा बनिरहेको छ ।

फिल्मबाहेक, अनुप हिमालय टिभीको आउँदो रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ मा जजको रुपमा देखिनेछन् । साथै, हिमालय रोडिजकै आठौं सिजनमा पनि उनी ग्याङ लिडरको रुपमा फर्किने अपेक्षा गरिएको छ । यीबाहेक, उनीसँग फिल्मको लाइनअप पनि बलियो छ ।

संवाद : विष्णु शर्मा
तस्वीर तथा भिडियो : कमल प्रसाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?