+
+
Shares

दाउन्नेमा अत्यावश्यक बाहेक सवारीलाई विकल्प खोज्न आग्रह

नारायणगढऔबुटवल सडक योजना (पश्चिम खण्ड) ले मंगलबार सूचना प्रकाशित गर्दै यो सडकको विकल्प खोज्न आग्रह गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्लो तीन दिनयता जारी शीतलहरका कारण बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा यातायात अवरुद्ध भएको छ।
  • नारायणगढ-बुटवल सडक योजनाले दाउन्नेमा एकतर्फी सवारी सञ्चालनमा ल्याएको छ र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
  • सडक चिप्लो हुँदा सवारी बिग्रने समस्या देखिएको र आवश्यक मर्मतसम्भार भइरहेको आयोजनाले जनाएको छ।

१५ पुस, काठमाडौं । पछिल्लो तीन दिनयता निरन्तर जारी शीतलहरका कारण निर्माणाधीन बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा यातायात अवरुद्ध भएको छ ।

नारायणगढ-बुटवल सडक योजना (पश्चिम खण्ड) ले मंगलबार सूचना प्रकाशित गर्दै यो सडकको विकल्प खोज्न आग्रह गरेको हो । आयोजनाका अनुसार पछिल्लो तीन दिनदेखि नै दाउन्नेमा एकतर्फी सवारी सञ्चालनमा ल्याइएको छ ।

सडक चिप्लो हुँदा साना तथा ठूला सवारीसाधन चिप्लिने, अड्किने र बिग्रिने समस्या भइरहेका छन् । यसले सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भई यात्रा गर्न कठिन भएको समेत आयोजनाले जनाएको छ ।

उक्त सडकखण्डमा आवश्यक मर्मत सम्भार समेत भइरहेको भन्दै आयोजनाले अत्यावश्यक सवारीबाहेक अन्य सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ । सवारी सञ्चालन गर्दा लेनमा रही ट्राफिक नियम पूर्ण पालना गर्न समेत भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?