+
+
Shares

दाउन्ने सडक सञ्चालन, गाडी चापले जाम उस्तै

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते ७:२८

१६ पुस, काठमाडौं । शीतलहरका कारण प्रभावित भएको पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक सञ्चालनमा आए पनि जाम लागेको छ ।

सडकमा सवारी साधनको चाप बढी भएको र सीमित गतिका कारण जाम लागेको हो । पालैपालो गरेर दुवैतर्फी सडक सञ्चालन गरिएको छ । तर, त्यस क्षेत्रको बतासेडाँडा, सुख्खा खोला र बाँसखोलामा सडक खराब भएकोले गाडी पास हुन समय लागेको छ ।

दाउन्ने क्षेत्रमा सडक निर्माणाधीन अवस्थामा छ । यसैबेला शीत परेपछि चिप्लो हुँदा ठूला गाडीहरू पास हुन सम्या भएको प्रहरीले जनाएको छ ।

मौसममा सुधार नहुँदासम्म यो क्षेत्रमा सवारी आवागमन प्रभावित भइरहने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्नसमेत सुझाइएको छ ।

यी हुन् वंकल्पिक मार्ग :

पूर्वपश्चिम राजमार्ग हुँदै आउने/जाने सवारीसाधन: नारायणघाट-मुग्लिङ्ग-पोखरा-स्याङ्जा-पाल्पा- बुटवल वा कालीगण्डकी चोक (गैंडाकोट)-रामपुर-पिपलडांडा- पाल्पा- बुटवल।
काठमाडौँबाट बर्दघाट पश्चिम जाने/ बुटवल-काठमाडौँ जाने सवारी साधनहरु: काठमाडौँ-मुग्लिङ्ग-पोखरा-स्याङ्जा-पाल्पा-बुटवल
दुई पांग्रे र 4WD चार पांग्रे सवारीसाधनको लागि वैकल्पिक सडक: दुम्कीबास-ज्यामिरे-डाँडाचोक-डमार-भुताहा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?