+
+
Shares

दाउन्नेको सडक एकतर्फी सञ्चालन, ५ किलोमिटरसम्म जाम

नारायणगढ-बुटवल सडकखण्डको अधिकाशं भाग कालोपत्र भए पनि दाउन्नेको करिब चार किलोमिटर सडक निर्माणको काम पूरा नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।

धनु भुसाल धनु भुसाल
२०८२ चैत ८ गते ९:०७

८ चैत, नवलपरासी पूर्व । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सवारी संचालन भएको छ ।

वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ ।

अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक अवरुद्ध भएकोले यात्रुहरु अलपत्र परेका छन् ।

विस्तारका क्रममा रहेको दाउन्ने सडकखण्डमा वर्षा भएसँगै सडक चिप्लो र हिलो भएर यातायात अवरुद्ध हुदै आएको छ । सडकमा हिलो भएकोले सवारी साधनलाई दाउन्नेको उकालो पार गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

नारायणगढ-बुटवल सडकखण्डको अधिकाशं भाग कालोपत्र भए पनि दाउन्नेको करिब चार किलोमिटर सडक निर्माणको काम पूरा नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
धनु भुसाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?