+
+
Shares

दाउन्नेमा शितलहर, अत्यावश्यकबाहेक सवारी नचलाउन आग्रह

आयोजनाले ३ दिनयता दाउन्ने खण्डमा लगातार भारी शितलहर हुँदा सडक चिप्लो भएको भन्दै सवारीमा यात्रा नगर्न भनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते २१:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा तीन दिनयता भारी शितलहरका कारण सडक चिप्लो भएको सडक आयोजनाले जनाएको छ।
  • सडक आयोजनाले अत्यावश्यकबाहेक दाउन्ने खण्डमा सवारी साधन लिएर यात्रा नगर्न आग्रह गरेको छ।
  • निर्माणको काम भइरहेका कारण दाउन्ने खण्डमा एकतर्फी सवारी आवतजावत भइरहेको छ र चिप्लो सडकले सवारी आवागमनमा गम्भीर अवरुद्धता आएको छ।

१५ पुस, काठमाडौं । नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा अत्यावश्यकबाहेक सवारी साधन लिएर यात्रा नगर्न सडक आयोजनाले आग्रह गरेको छ । आयोजनाले ३ दिनयता दाउन्ने खण्डमा लगातार भारी शितलहर हुँदा सडक चिप्लो भएको भन्दै सवारीमा यात्रा नगर्न भनेको हो ।

‘दाउन्ने खण्डमा निर्माणको काम भइरहेको हुँदा केही स्थानहरूमा एकतर्फी सवारी आवतजावत भइरहेको अवस्थामा विगत ३ दिनदेखि परेको भारी शितलहरका कारण दाउन्ने खण्डको सडक अत्यन्त चिप्लो भई साना तथा ठूला सवारी साधनहरू चिप्लिने, अड्किने तथा बिग्रने कारणहरूले सवारी आवागमनमा गम्भीर अवरवध उत्पन्न भई यात्रा गर्न कठिन भएको जानकारी गराइन्छ,’ नारायणघाट बुटवल सडक योजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?