१२ मंसिर, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ग्याँस बुलेट अनियन्त्रित भएर सडकमै तेर्सोपर्दा अवरुद्ध भएको सडक दुईतर्फी नै खुलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ६ बजेतिर एउटा ग्याँस बुलेट उकालो चढ्न नसकेर सडकमै तेर्सो परेको थियो । त्यसलाई सात बजेतिर खुलाएपछि बाटो दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको आरजे ५२ जीबी ३७५२ नम्बरको खाली ग्यास बुलेट दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२, त्रिसठ्ठी मोडमा उकालो चढ्न नसकी ब्याक भई सडकमै तर्सो परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4