१६ पुस, काठमाडौं । दाङमा पनि चिसो बढेपछि विद्यालय बन्द गरिएको छ । पछिल्ला दिन घाम नझुल्किएपछि आजदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।
शीतलहरका कारण घोराही उपमहानगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका विद्यालय बन्द गरिएको हो ।
पालिकाहरुले सूचना जारी गरी चिसोले जनजीवन नै प्रभावित भएपछि विद्यालय बन्द गरिएको जनाएका छन् । सूचनाअनुसार पुस १६, १७ र १८ गते सामुदायिक तथा संस्थागत सबै विद्यालयमा बिदा गरिएको हो ।
अत्यधिक चिसो बढेका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै विद्यालय बन्द गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।
जाडो बढेपछि जिल्लाका विभिन्न ठाउँमा नेपाली सेनाले आगो ताप्न दाउरा बाँडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4