१६ पुस, जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।
यस्तै जसपा नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री बनेका छन् ।
यस्तै जनमतबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण र नेकपा माओवादी केन्द्रबाट फकिरा महत्व गृह सञ्चार तथा कानुनमन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्रीहरू प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनियताको शपथ लिएका छन्। यससँगै मधेस सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
गत १९ मंसिरमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
२१ मंसिरमा पद तथा गोपनीयताको शपथ लिएका मुख्यमन्त्री यादव सोही दिन तीन जना मन्त्री नियुक्त गरेका थिए ।
दोस्रो पटक उनले गत २९ मंसिरमा दुई जना मन्त्री नियुक्त गर्दै बिना विभागीय मन्त्रीहरूलाई समेत जिम्मेवारी तोकेका थिए ।
हेर्नुहोस् सूची :

प्रतिक्रिया 4