१६ पुस, काठमाडौं । रास्वपा नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले निर्वाचन आयोगले अदालतको फैसलालाई पनि ख्याल नगरी पूरानै सूची सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएकी छिन् ।
गौतमसहित रास्वपाका गणेश पराजुली, शिशिर खनाल र विराज भक्त श्रेष्ठलेले आफ्नो निर्वाचन प्रचार–चारमा भएको खर्च विवरण सार्वजनिक गरेका थिए ।
०८० साउन ९ गते खर्च विवरण जारी नगरेको भन्दै निर्वाचन आयोगले १५ हजार जरिवाना गरेको थियो । आयोगले जरिवानासहित कालोसूचीमा रहेको भनेर प्रचार गरेपछि गौतमसहितका चार सांसदले उच्च अदालत पाटनमा रिट दिएका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै आयोगको उक्त निर्णय बदर गरिदिएको थियो भने जरिवाना समेत खारेज भएको थियो ।
यस्तो अवस्थामा पुन: अदालतले सार्वजनिक गरेको सूचीप्रति उनले आपत्ति जनाएकी हुन् ।
‘यति स्पष्ट अदालतको फैसलापछि पनि सूची अद्यावधिक नगरी पुरानै सूची सार्वजनिक गरेर गरिएको दुष्प्रचार आपत्तिजनक छ,’ गौतमले भनेकी छिन् ।
प्रतिक्रिया 4