+
+
Shares

२४ भदौको आगजनीमा संलग्नलाई कारबाही नहुँदा निजी क्षेत्र चिन्तित : अध्यक्ष ढकाल

उनले निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने विधि भएको बताए । निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता व्यक्त गरेका छन्।
  • महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेतृत्वसँग सर्वपक्षीय संवादमा निजी क्षेत्रको संलग्नता अझै पनि ओझेलमा रहेको बताएको छ।
  • ढकालले सरकारले निजी क्षेत्रमैत्री नीति अपनाउनुपर्ने र युवा उद्यमशीलता विकास योजना कार्यान्वयनको माग गरेका छन्।

१६ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको बताएका छन् । महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेतृत्वसँग गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले यस्तो बताएका हुन् । २४ भदौको दिन लुटपाटमा संलग्नमाथि कारबाही गर्न उनले माग गरे ।

उनले निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने विधि भएको बताए । निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको उनले बताए ।

देश निर्वाचनमा अगाडि बढेको भन्दै उनले समद्धिका लागि निजी क्षेत्रको संलग्नता भने अझै पनि ओझेलमा रहेको बताए । उनले भने, ‘निर्वाध रूपमा काम गर्ने वातावरण बनेको छैन, गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको छ ।’ निजी क्षेत्रको सम्मान नभएसम्म मुलुकमा लगानी नआउने उनले बताए । उनले भने, ‘लगानीबिना रोजगारी हुँदैन । रोजगारी नभए आय बढ्दैन, शिक्षा र स्वास्थ्य शिक्ष सर्वसुलभ बनाउन राजस्व बढ्नु पर्छ । राजस्व बढ्न सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ ।’

डेढ वर्षयता सरकार डेढ खर्ब घाटामा रहेको स्मरण गराउँदै उनले बैंकहरुमा ११ खर्ब लगानी तरलतामा बसिरहेको बताए । राजस्वको रकमले चालु खर्च पनि नपुग्ने अवस्था आएको भन्दै उनले पूर्वाधारमा लगानी हुन नसकेको बताए । निजी क्षेत्रका पूर्वाधारमा अवरोध हुने गरेको भन्दै उनले प्रश्न गरे, ‘उद्योग कलकारखाना नभए रोजगारी कसरी सम्भव होला ?

सरकारले वर्षको ३ सयदेखि ३५ सय रोजगारी दिने र बाँकी सबै निजी क्षेत्रले दिने समेत अध्यक्ष ढकालले बताए । युवा विदेशिन बाध्य रहेको भन्दै यी नै विषयमा झक्झक्याउन यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । महासंघले शान्ति स्थायित्वमा सामूहिक पहल आवश्यक परेको उनको भनाइ छ । ‘हामीले सबै पक्षबाट सामूहिक प्रतिबद्धता चाहेका छौं,’ उनले भने । युवा उद्यगशीलता विकास योजना कार्यान्वयनको माग गरे । तीन दशकदेखि शासन सत्ता सम्हालेका दललाई युवाका माग समीक्षा गर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?