+
+
Shares

इतिहासमै मनोबल धेरै गिरेको अवस्थामा छौं : अध्यक्ष सापकोटा

एक पक्ष निजी क्षेत्र देशको अर्थतन्त्र राम्रो बनाउन प्रयास गरिरहेको र अर्को पक्ष राजनीति कब्जा गर्न दौडिरहेको सापकोटाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योगी व्यवसायी महासंघ अध्यक्ष भागिरथ सापकोटाले निजी क्षेत्रको मनोबल इतिहासमै बढी गिरेको अवस्थामा रहेको बताएका छन्।
  • सापकोटाले आर्थिक, सामाजिक र व्यावसायिक रूपमा निजी क्षेत्र दबाबमा र अस्थिर रहेको उल्लेख गरेका छन्।
  • उनीहरूले समाज दुई भागमा विभाजित भएको र एक पक्षले अर्थतन्त्र सुधार गर्ने प्रयास गरिरहेको बताएका छन्।

१६ पुस, काठमाडौं । नेपाल उद्योगी व्यवसायी महासंघ अध्यक्ष भागिरथ सापकोटाले हाल निजी क्षेत्रको मनोबल इतिहासमै बढी गिरेको अवस्थामा रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामी आर्थिक किसिमले दबाबमा छौं, सामाजिक किसिमले फ्रस्ट्रेसनमा छौं, व्यावसायिक किसिमले अस्थिर र मनोबल गिरेको अवस्थामा छौं,’ उनले भने ।

सापकोटाले हाल समाज दुई भागमा विभाजित भएको समेत बताए । एक पक्ष निजी क्षेत्र देशको अर्थतन्त्र राम्रो बनाउन प्रयास गरिरहेको र अर्को पक्ष राजनीति कब्जा गर्न दौडिरहेको उनले बताए । जसमा पत्रकार, कलाकार समेत दौडिरहनु दु:खद रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?